+
+
Shares

नेकपा नेताको अगुवाईमा एमसीसी खारेज अभियान

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १९:४२

२१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायण शर्माको नेतृत्वको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज अभियान सुरु भएको छ ।

सत्तारुढ नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले एमसीसी सम्झौता संसदबाट पारित हुन्छ भनिरहेका बेला नेकपाकै नेताको अगुवाईमा खारेज अभियान सुरु भएको हो । यसमा नेकपा सम्वद्ध र अरु पनि रहेको शर्माले बताए ।

यो सम्झौता घातक, असंलग्न परराष्ट्र नीति विपरित र चीनसँगको मित्रतालाई पनि विथोल्ने गरी आएकाले संसदबाट अनुमोदन गर्न नहुने बताए । पार्टीको स्थायी कमिटीले नै इण्डो प्यासिफिक रणनीतिको अंग हो भने एमसीसी सम्झौता पास नगर्ने भनेको दावी गर्दै शर्माले भने, ‘अमेरिकी दूताबासले एमसीसी प्यासिफिक रणनीतिको अंग हो भनिसक्यो । अझ पनि नेताहरुले जसरी पनि पास हुन्छ भुन्नुहुन्छ भने हामीले खारेज गर्नुपर्छ भनेर किन भन्न नहुने ?’

उनले अघि भने, ‘नेताहरु झुक्छन् कि खुट्टा कमाउँछन् कि भनेर खबरदारी गर्न खोजेका हौं ।’

उनकाअनुसार सुरुमा यो सम्झौता अनुमोदन नगर्न नेताहरुलाई सुझाव दिइनेछ । त्यसपछि दबावमूलक कार्यक्रम समेत गर्ने तयारी छ ।

अभियानको पहिलो कार्यक्रम भने पुस २६ गतेछ, जसमा एमसीसी सम्झौताबारे अन्तरक्रिया हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?