+
+
Shares

डिभाइडद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १३:२६

२२ पुस, गुल्मी । गुल्मीमा डिभाइन युथ क्लवले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । रेसुङ्गा नगरपालिका-४ को जनहित प्राविमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो ।

विद्यालयमा पढ्ने २१ जना असहाय अशक्त विद्यार्थीहरुलाई रेसुङ्गा नगरपालिका-४ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार मरासिनीमार्फत सुइटर र टोपी वितरण गरिएको हो ।

कपडा वितरणपछि बोल्दै अध्यक्ष मरासिनीले स-साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए ।

डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष घिमिरेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?