+
+
Shares

नक्कली नोटसहित दुई जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १३:४१

२२ पुस, झापा । झापाको विर्तामोडबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका-४ का २५ वर्षीय किरण खवास रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका-५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?