
इराकमा अमेरिकी सेना बसेको एक क्याम्प । तस्वीर : एपी
२३ पुस, काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको थियो ।
घटनाको क्षतिबारे स्वतन्त्र पुष्टी हुन बाँकी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनलेमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्नेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4