+
+
Shares

अमेरिकामा दिलिपदेखि अरुणिमासम्मको डान्स

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १२:१५

अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’को चौथो संकरण र ‘मेरो भ्वाइस कप’को दोश्रो संकरणको उद्घाटन गरिएको छ । यो समारोहको उद्घाटन आयोजक संस्था इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका कार्यकारी प्रमुख डिल्ली अधिकारी, लोकगायक प्रेमराजा महत तथा नायिका केकी अधिकारीले गरेका थिए ।

कार्यक्रममा अमेरिकामा रहँदै आएका नेपाली चलचित्रका कलाकारहरुको पनि बाक्लो उपस्थिती थियो । कार्यक्रममा नायक दिलिप रायमाझी, सुशिल क्षेत्री, मुकेश ढकाल, गायिका सपना श्री, अन्जु पन्त, नायिका सारांगा श्रेष्ठ, पूजा चन्द, मेलिना मानन्धर, अरुणिमा लम्साल, गायक शिव परियार, जयदिश समाल, बाबु बोगटी, हाँस्य कलाकार सन्दिप क्षेत्री लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो कार्यक्रम करिब ८ घन्टासम्म चलेको थियो । आयोजकले ‘मेरो डान्स कप र मेरो भ्वाइस कप’का लागि आवेदन समेत खुलेको जानकारी गराएको छ । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपालीभाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?