
सन् २०२० को पहिलो ग्रहण चन्द्र ग्रहण यही साता अर्थात पुस २५ गते शुक्रबार लाग्दैछ । यो चन्द्र ग्रहण पुस २५ गते राति १०ः५२ बजेदेखि प्रारम्भ हुनेछ र राति २ः५७ बजेसम्म चल्ने छ । अर्थात्, सन् २०२० को यो पहिलो ग्रहण ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।
यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये यही शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो ।
चन्द्र ग्रहणको वैज्ञानिक कारण
खगोल विज्ञानका अनुसार जब सूर्य, पृथ्वी तथा चन्द्रमा एउटा समान रेखामा आउँछन् र पृथ्वीको छायाँ चन्द्रमामा पर्छ, त्यो बेला चन्द्र ग्रहण लाग्छ । वैज्ञानिहरुका अनुसार, ग्रहण एउटा सामान्य खगोलीय घटना मात्र हो ।
सन् २०२० का अन्य ग्रहणहरु
१० जनवरी : चन्द्र ग्रहण
५ जुन : चन्द्र ग्रहण
२१ जुन : सूर्य ग्रहण
५ जुलाई : चन्द्र ग्रहण
३० नोभेम्बर : चन्द्र ग्रहण
१४ डिसेम्बर : सूर्य ग्रहण
यसपटकको चन्द्र ग्रहण किन विषेश ?
यसपटकको चन्द्र ग्रहण उपछाया ग्रहण हुनेछ । जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छाया पृथ्वीमाथि पर्नेछ । आंशिक छाया चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न सकिँदैन ।
चन्द्र ग्रहणलाई तीन वर्गमा बाँड्न सकिन्छ । यसमा पहिलो हो पूर्ण चन्द्र ग्रहण, दोस्रो हो आंशिक चन्द्र ग्रहण तथा तेस्रो हो आंशिक छाया चन्द्र ग्रहण । यही शुक्रबार लाग्ने चन्द्र ग्रहण प्रायः लागिरहने पूर्ण तथा आंशिक ग्रहणभन्दा भिन्न हुनेछ । त्यसैले धमिलो छायामा चन्द्रको स्वरुप केही भिन्न हुनेछ । त्यसैले यसलाई अन्य ग्रहणको तुलनामा अलग मानिएको छ ।
ग्रहणको असर : एक नजर
यही शुक्रबार लाग्ने चन्द्र ग्रहणको असर र फल कस्तो हुनेछ ?
शुभ फल : कुम्भ, तुला, मीन, कर्कट
मध्यम फल : मेष, कन्या, मिथुन, सिंह
अशुभ फल : मकर, वृषिक, वृष, धनु
प्रतिक्रिया 4