+
+
Shares

भीमदत्त नगरपालिकामा फेरि दुई दिन विद्यालय बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १८:३३

२३ पुस, धनगढी । अत्यधिकचिसो बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले फेरि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

यस अघि पनि भीमदत्त नगरपालिकाले अत्याधिक चिसो बढेको भन्दै पुस ३ र ४ गते विद्यालय बिदा गरेको थियो ।

नगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दैशितलहर र चिसोका कारण बालबालिका प्रभावित हुन थालेपछि विद्यालय बिदा दिने निर्णय गरेको जनाएको छ ।

सञ्चित बिदाबाट मिलानगर्ने गरी २ दिनविद्यालयबिदागर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?