+
+
Shares

घुससहित मालपोत कार्यालय नवलपरासीका खरिदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १९:४८

२३ पुस, काठमाडौं ।  भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।

सेवाग्राहीसँग पटक-पटक घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?