Comments Add Comment

सहर सफा राख्न जनप्रतिनिधिको मात्रै मुख नताकौ : मेयर शाक्य

२३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिको मात्रै मुख ताक्ने प्रवृति मौलाएको बताएका छन् । फोहोर आफै गर्ने तर सफा गर्न भने जनप्रतिनिधिकोमात्रै आश गर्ने प्रवृतिका कारण सहर सोचे जस्तो सफा हुन नसकेको उनले बताए ।

वडा अनुगमनमा निस्किएका मेयरले काठमाडौंको बुद्धनगरमा फोहोरको डंगुर देखेपछि उनले भने ‘यति ठूलो घर बनाउने घरधनीले बाटो पनि हाम्रो हो भन्ने हेक्का राख्ने हो र जनप्रतिनिधिको मात्र मुख नताक्ने हो भने सरह निकै सफा हुने थियो ।’

मेयर शाक्यले फोहोर जथभावी नफालेमात्रै पनि धेरै राम्रो हुने बताए । सडक सबैको साझ सम्पत्ति भएको भन्दै कसैले पनि सडकमा फोहोर फाल्न नहुने बताए । शाक्यले बुधबार महानगरको १० नम्बर वडाभित्र अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा देखिएका सडकका खाल्डाखुल्डीहरु तत्कालै पुरा गर्न वडाध्यक्षलार्य निर्देशन समेत दिए ।

मेयर शाक्यले वडा नम्बर–१० लाई यो आर्थिक वर्षमा मात्रै रु तीन करोड विनियोजन गरेको भन्दै अझै थप एक करोड ५० लाख दिने बताए । बजेट कम भएर काममा बाधा पर्नु हुँदैन भन्ने आफ्नो चाहाना रहको उनले बताए ।

मेयर शाक्यले वडा निरिक्षणका क्रममा विभिन्न वडामा भएका सार्वजनिक जग्गाहरुको समेत लागत राख्ने र वडावासीको माग अनुसार हरियाली प्रर्वद्धन गर्दै कतिपय स्थानमा पार्क निर्माण गर्ने समेत महानगरको योजना रहेको बताए ।

‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो, कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौं’ उनले भने, ‘यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’ मेयर शाक्यले यस अघि पनि विभिन्न वडाहरुको अनुगमन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment