
जवाहरलाल नेहरु विश्वविद्यालयमा जनवरी ५ मा विद्यार्थीहरुमाथि नकावधारीले गरेको आक्रामणको विरोधमा बलिउडकर्मी पनि अगाडि आएका छन् । नायिका दीपिका पादुकोणले घाइते विद्यार्थीहरुलाई विश्वविद्यालयमा पुगेर भेट गरेपछि अहिले ट्विटरमा उनको पक्ष र विपक्षमा बहस पनि देखिएको छ । तर, उनीपछि पनि बलिउडकर्मीले यो बिषयमा बोलिरहेका छन् ।
नायक अजय देवगणले पनि विद्यार्थी कुटपिटको बिषयमा आफ्नो मुख खोलेका छन् । उनले भने–‘म आक्रामण भएपछि निरन्तर टेलिभिजन हेरिरहेको थिएँ । यो एक विवादस्पद घटना हो । मलाई थाहा छैन, यो आक्रामणमा कसको हात छ । तर यो जे भयो, राम्रो भएन ।’
अजयले अगाडि भने–‘यो जसले गरेपनि हिंसा राम्रो काम होइन र समाधान पनि होइन । यसले देशलाई नै ठूलो असर गर्छ । यसलाई गम्भिर रुपमा लिन जरुरी छ ।’
अजयले यस्तो घटनामा पक्ष र विपक्षमा बोलेर आगोमा इन्धन छर्किनु राम्रो होइन ।
प्रतिक्रिया 4