Comments Add Comment

सभामुख चयन अड्काएर नेकपाले संसदकै अवमूल्यन गर्‍यो : नेता देव

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवलेसभामुख चयनलाई अड्काएर नेकपाका शीर्ष नेताले संसदको अवमूल्यन गरेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले नेकपाले प्रतिनिधिसभा र संघीय संसदको मानहानी गरिरहेको बताएका हुन् ।

‘हाम्रो प्रतिष्ठा, गरिमा, राज्यका तीन अंगमध्येको यो विधायिका संसदको प्रतिष्ठा र अधिकारको डिभ्यालुयसन भइरहेको छ’ उनले भने ‘कम्युनिष्ट पार्टीभित्र केन्द्रीय समितिको नाममा पोलिटव्यूरोले, पोलिटब्यूरोको नाममा स्ट्याण्डिङ कमिटीले, स्ट्याण्डिङ कमिटीको नाममा सचिवालयले र सचिवालयको नाममा एउटा वा दुईवटा महासचिव या अध्यक्षले निर्णय गर्ने गर्दछन् र आम पार्टी कार्यकर्ता आसु बगाएर बस्नुपर्ने स्थिति हुन्छ । आज त्यही अवस्था देखिरहेको छु मुलुकमा ।’

नेकपा संविधान र लोकतन्त्रप्रति साँच्चै आस्थावान भए सभामुख चयनको प्रक्रिया नलम्ब्याउन नेता देवले आग्रह गरे । उनले सभामुख र प्रदेश राजधानी संविधान अनुसार हुने भन्दै कुनै पार्टीका शीर्ष नेताको निरंकुशताको बन्दी हुन नहुने टिप्पणी गरे ।

‘यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्पिरिटमा हुने कि पार्टीको नाममा एउटा दुईटा शीर्ष नेताहरुको निरंकुशताको बन्दी हुने ? यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ’ देवले भने ।

प्रदेश नम्बर ३ को सन्र्दभमा सत्ताधारी पार्टीका एकजना सभासद्ले ‘या त मेरा अगाडि बिष पिउने वा पार्टी छोड्ने अवस्था आइपरेको छ’भनेर वक्तव्य आएको उल्लेख गर्दे उनले संविधानले दिएको अधिकारलाई कुनै पार्टी र पार्टीका शीर्ष नेताले हनन गर्न नमिल्ने तर्क गरे ।

उनले विधि र प्रक्रियाअनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment