
२५ पुस, चितवन । भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्न श्रीलंकाली ग्राउण्ड विषेशज्ञ बन्दुला वार्नापुरा चितवन आएका छन् ।
उनी आइसिसीको प्रतिनिधिका रुपमा निर्माण भइरहेको रंगशाला निरीक्षणका लागि चितवन आएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए ।
आइसीसी एसिया डेभलपमेन्ट म्यानेजर समेत रहेका बन्दुलाले तीन दिनसम्म रंगशालामा नै बसेर त्यहाँ भइरहेको काम, मैदान र पिचको गुणस्तर एवम् गर्न सकिने सुधारका बारेमा आवश्यक निर्देशन र समन्वय गर्ने अध्यक्ष कट्टेलले बताए ।
क्रिकेट रंगशालाको अहिले ड्रेनएज र सेरवाल तथा पिचको काम भइरहेको छ । आइसीसीको मापदण्डमा कमी हुन नदिने र कमी कमजोरी भए सच्चाइहाल्न सकिने समय यतिबेला भएकोले बन्दुलालाई नेपाल बोलाइएको हो । उनलाई भइरहेको निर्माणका बारेमा फाउण्डेशनका अध्यक्ष तथा पदाधिकारीहरुले ब्रिफिङ गरेका थिए ।
क्यानकी निवर्तमान प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको विषेश आग्रहमा उनी बनिरहेको रंगशाला निरीक्षणका लागि आएका हुन् । उनले त्रिवि क्रिकेट मैदानको समेत निरीक्षणा गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4