Comments Add Comment

विमानस्थलमै पुगेन विजुली, हिटर र एसी नचलाउन आग्रह

२५ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलमा चाहिने जति विद्यूत आपूर्ति नभएपछि विमानस्थल कार्यालयले लोडसेडिङको समयमा जस्तो सूचना जारी गरेको छ ।

विमानस्थल कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार चिसो मौसमका कारण त्रिभुवन विमानस्थलमा विद्युतको माग बढेको छ । त्यसले विमानस्थलको सञ्चालनमा प्रयोग हुने कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्सलगायतका उपकरणमा प्रत्यक्ष प्रभाव परेको छ ।

सोहीकारण विमानस्थल कार्यालयमा अत्यावश्यक विद्युतीय उपकरणबाहेक हिटर, एयरकन्डिसनिङजस्ता बढी विद्युत खपत गर्ने उपकरणको अनावश्यक प्रयोग नगर्न सूचित गरिएको छ ।

विमानस्थलभित्रका सुरक्षा निकाय, त्रिवि अध्यागमन कार्यालय, भन्सार कार्यालय, वायुसेवा कम्पनी, विभिन्न पसललगायत सरोकारवालालाई यस्तो सूचना जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment