Comments Add Comment

पाकिस्तानको मस्जिदमा विष्फोट हुँदा डीएसपीसहित १४ जनाको मृत्यु

२६ पुस, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानी सेनाले घटनाको पुष्टि गर्दै घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जानकारी दिएको छ ।

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ । जसले मस्जिदलाई निशाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment