
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित डायलासिस गरिएको छ । मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर डायलासिस गराएका हुन् ।
यो उनको १३औं डायलासिस हो । ‘उहाँको स्वास्थ्य ठीक छ, नियमित डायलासिस गरेर फर्किनु भयो’ सेन्टरका एक चिकित्सकले भनेका छन् ।
अस्पतालबाट फर्किएका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।
बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बसेपनि उनी सहभागी भएनन् । डायलासिसपछि आराम गरिरहेकाले उनी बैठकमा सहभागी नभएको, तर निर्णयमा भने उनको सहमति रहेको नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4