Comments Add Comment

रियल मड्रिड आउने भए अर्का ब्राजिलियन फुटबलर

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले ब्रजिलियन युवा राइनियालाई भित्र्याउने भएको छ ।

१९ जवनरीमा रियद आउने १८ वर्षका राइनियाले क्लबसँग साढे ६ वर्षको सम्झौता गर्नेछन् । र, स्पेनिस क्लबले ब्राजिलियन क्लब फ्लेमिङ्गोलाई ३० मिलियन युरो तिर्नेछ ।

अट्याकिङ मिडफिल्डर राइनियाले ब्राजिलको यू-१७ र यू-२३ टिमबाट खेलिसकेका छन् ।

उनले मेडिकल चेकजाँचको प्रक्रिया पनि पुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment