Comments Add Comment

प्रिन्स फाइनलमा चुके, पाँचै स्वर्ण भारतको पोल्टामा

काठमाडौं । प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सेरिज २०२० को पाँचै विधाको स्वर्ण भारतले आफ्नो पोल्टामा पारेको छ ।

पुरुष एकलतर्फ भारतका जुनियर नम्बर एक तथा बिश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका मिरबा लुवाङ्गले दुवई ईन्टरनेशलन सिरिजका बिजेता प्रिन्स दाहाललाई २१-१६, २१-२३, २१-१५ ले पराजित गर्दै उपाधि उचाले । मिरबा भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर ईन्टरनेशनलका समेत विजेता हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ भारतकी तस्निम मिरले उपाधि उचालिन् । मिरले मलेसियाकी करुपथेभन लेत्शानालाई २१-१७, २१-१४ ले पराजित गरिन् ।

यस्तै पुरुष युगलतर्फ आर. बिकास प्रभु र अरुण कार्तिक के. को जोडीले नेपालमा पि्रन्स दाहाल र पेम्बा शेर्पाको जोडीलाई १९-२१, २१-१३, २१-१६ ले पराजित गर्दै उपाधिलाई आफ्नो पोल्टामा पारे ।

महिला युगलतर्फ ननधा के. र सानिया सिकन्दरको जोडीले नेपालका बिष्णा बिष्ट र प्रश्ना खत्रीको जोडीलाई २१-६, २१-६ को समान अन्तरमा पराजित गर्दै स्वर्ण हात पारे ।

यसैगरी मिक्स डबल्सतर्फ भारतका मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले भारतकै आयन रशिद र तस्मिन मिरको जोडीलाई २१-१७, २१-१४ ले पराजित गर्दै उपाधि हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment