Comments Add Comment

लोकेशसँगै सुवास पनि बन्द प्रशिक्षणमा

२५ पुस, काठमाडौं । क्रिकेट वल्र्डकप लिग टू अन्तरगत अर्को महिना त्रिकोणात्मक सिरिजको तयारीका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ जनाको नाम सार्वजनिक गरेको छ, जसमा सुवास खकुरेलसँगै सुनिल धमला, लोकेश बम र सुमित महर्जन पनि अटाएका छन् ।

सुवास एक समय नेपाली राष्ट्रिय टिमको ओपनर थिए । तर पछिल्लो समय चोटका कारण टिममा पर्न सकेका थिएनन् ।

झण्डै एक वर्षपछि अगष्ट–सेप्टेम्बर २०१८ मा टिममा परेका उनी फेरि चोटकै कारण बाहिरिए । पछिल्लो पटक पोखरा प्रिमियर लिग र मनमोहन मेमोरियल कपमा राम्रो प्रदर्शन गरेका आधारमा उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

यस्तै विराटनगर टाइटान्सबाट पोखरा प्रिमियर लिग खेलेका यू–१९ क्रिकेटर लोकेशले समूह चरणमा चितवन राइनोजविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए ।

सुमित र सुनील, कुशल मल्लले पनि पछिल्ला प्रतियोगिताहरुमा सुधारिएको प्रदर्शन गरेका छन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, शरद भेषावकर, बसन्त रेग्मी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, करण केसी, ललितनारायण राजवंशी, पवन सरार्फ, सोमपाल कामी, सन्दीप लामिछाने र सुशन भारीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यसैगरी किशोर महतो, सन्दीप जोरा र कुशल भुर्तेल २४ खेलाडीभित्र परेका छन् ।

क्रिकेट वल्र्डकप लिग टू त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज अर्को महिना त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाली टोलीको बन्द प्रशिक्षण भने पोखरामा हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment