Comments Add Comment

गुटगत राजनीतिले संसद कहिलेसम्म बन्धक बनाउने ?

२७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुख चयनको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक सरे लगत्तै विभिन्न दलका नेताहरूले यसको विरोध गरेका छन् । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा गुटगत खिचातानीले प्रनिधिसभा पंगु बनेको उल्लेख गरेका छन् ।

‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो’ पूर्व प्रधानमन्त्री भट्टराईले लेखेका छन् ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू !’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक निरन्तर सार्नुलाई अकर्मण्यता र आपत्तिजनक भनेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको ट्विटर हेन्ण्डलमा मेन्सन गरेर लेखेका छन्, ‘दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने यहाँहरुको अकर्मण्यता आपत्तिजनक छ । जनताको आस्थाको थलोलाई ‘पोलिट् ब्युरो’ को बन्धनबाट तत्काल मुक्त गर्नोस्, जय नेपाल !’

पुस २७ गतेका लागि तय भएको प्रतिनिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भए लगत्तै उनीहरूले यस्तो प्रतिक्रिया जनाएका हुन । यसअघि पुस १६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि सभामुख चयन कुरा नमिलेपछि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment