+
+
Shares

आजदेखि निर्वाचन आचारसंहिता जारी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १६:१३

२७ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक लगायतलाई आचारसंहिता लागू भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सरकार र मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी, सरकारी तथा निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई पनि आचारसंहिता लागू हुन्छ ।

आचारसंहिता लागू भए पछि सरकार र सरकारका प्रतिनिधि चुनाव प्रचारमा सहभागी हुन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?