Comments Add Comment

खोला जोगाउनु पर्छ भन्दा हत्या गर्नु बिडम्बना : पूर्वराष्ट्रपति

२७ पुस, नवलपपुर । पूर्वराष्ट्रपति रामवरण यादवले धनुषामा टिपरले किचेर दिलीप महतोको हत्या गरिनु बिडम्बना भएको बताएका छन् ।

एकजना पढे लेखेका युवाले खोला र पानीको मुहान जोगाउनु पर्छ भन्दा हत्या हुनु विडम्बना भएको बताएका हुन् । ‘एकजना पढे लेखेका युवाले खोला जोगाउनु पर्छ, पानीको मुहान जोगाउन पर्छ भने तर उनको हत्या भयो । यो बिडम्बना हो ,’ उनले भने ।

अशिक्षाका कारण देशमा यस्ता घटनाहरु भइरहेको भन्दै पूर्वराष्ट्रपति यादवले असल सभ्यता र संस्कृति निर्माणका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा श्रीमद् भागवत, पितृमोक्ष एवम् धनधान्यान्चल महायज्ञको उद्घाटन गर्दे पूर्व राष्ट्रपति डा.यादवले भने, ‘शिक्षित समाज भए मात्र असल सभ्यता र संस्कृतिको विकास हुन्छ, यसका लागि शिक्षाको विकासमा जोड दिनुपर्छ ।’

उनले संसारका जति पनि विकसित देशहरु छन् ती सबैले शिक्षको विकासमा जोड दिएकै कारण यो आर्थिक रुपमा फड्को मारेको बताए ।

चीन र भारत जस्ता दुई महान् सभ्यता बोकेका देशको बीचमा रहेको सुन्दर राष्ट्र नेपालको आˆनै मौलिक, पहिचान र संस्कृति रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले नेपालको यो मौलिकपन जोगाइराख्न र अर्को पुस्तालाई सही संस्कृति हस्तान्तरण गर्न पनि शिक्षाको विकासमा जोड दिनु पर्नेमा जोड दिए ।

मुलुकको अखण्डता र एकता कायम राख्न सबै देशवासीललाई आग्रह गर्दै उनले संस्कृति र सभ्यताको संरक्षण गर्न सबै लाग्न आहृवानसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment