Comments Add Comment

मुख्यमन्त्री पौडेलको अभिव्यक्तिप्रति विवेकशीलको भर्त्सना

मुख्यमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग

२८ पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिप्रति विवेकशील नेपाली दलले खेद प्रकट गरेको छ ।

विवेकशीलले सोमबार विज्ञप्ति प्रकाशित गरी आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको हो ।

‘उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी ‘सांसद नै नरहन सक्ने’सम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, संसदको अभिलेखबाट समेत मुख्यमन्त्रीको अभिव्यक्ति हटाउन विवेकशीलले माग गरेको छ ।

प्रदेशका नाम र राजधानी स्वीकृत भएपछि आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो पार्टीको सचिवालयको निर्णयविरुद्ध बोल्ने हैसियत कसैको नभएको बताएका थिए ।

यसअघि विवेकशीलका संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद रमेश पौड्यालले नेकपाले प्रदेश राजधानी तोक्न हृवीपको तरवार चलाउनु दुःखद भएको टिप्पणी गर्दै प्रश्न गरेका थिए ।

विवेकशीलले प्रदेश राजधानीका काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्तावसमेत दर्ता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment