Comments Add Comment

दीपकराजतर्फ इङ्गित गर्दै संचारमन्त्रीले भने–‘फिल्म ‘६’ले होइन, क्रियशनले चल्छ’

सुचना तथा संचार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले चलचित्र भाग्यले नभएर सृजनाले चलाउनु पर्ने बताएका छन् । चलचित्र संघको साधारण सभामा उपस्थित उनले चलचित्रकर्मीलाई यस्तो सुझाव दिए ।

भाग्य भनेर चलचित्र चलाउनेहरुमाथि उनले व्यङ्ग गरेका थिए । निर्माता तथा कलाकार दीपकराज गिरीतर्फ देखाउँदै उनले भने–‘दीपकराज गिरीको चलचित्रले करोडौ कमायो रे । फेरि उहाँहरुले चलचित्रको नाम ‘६’ भन्दा बाहिर गएर राख्नु हुन्न रहेछ । ‘६’ उहाँहरुको भाग्य रे । भाग्यले मात्र चलचित्र चल्दैन नि त । चलचित्र त क्रियशनले चल्ने हो ।’

दीपकराज गिरीले चलचित्रबाट गर्ने आम्दानीलाई उनले राम्रो कमाइको दर्जा दिएका छन् । उनले थपे–‘उहाँहरुले राम्रै कमाई गर्नु भएको छ । तर, त्यो पैसा भाग्यले मात्र कमाएको होइन । मलाई लाग्छ, उहाँहरुको क्रियशन राम्रो थियो त्यसैले चलचित्र चलेको होला ।’

चलचित्र क्षेत्रले आफू जस्तो मन्त्री पाउनु गर्वको कुरा भएको पनि उनले भनेका छन् । ‘म जस्तो मन्त्री पाउनु चलचित्र क्षेत्रको लागि खुसीको कुरा हो । मैले त चलचित्र क्षेत्रमा धेरै चासो राखिरहेको हुन्छु । यसको विषयमा बोलिरहेको हुन्छु । अन्य मन्त्रीहरुले त यसरी चासो दिएको पत्तो छैन्’, उनले भने ।

तर, चलचित्र क्षेत्रले आफूलाई खासै चासो नदिने उनले गुनासो गरे । उनी भन्छन्–‘मलाई आजसम्म २ जना चलचित्रकर्मीले मात्र चलचित्र हेर्न बोलाउनु भएको छ । वर्षमा कतिवटा चलचित्र रिलिज हुन्छन् ? त्यसमा मलाई चलचित्र हेर्न बोलाउने दुई जना मात्र हुनुहुन्छ ।’

आगामी दिनमा चलचित्र क्षेत्रको लागि र चलचित्रकर्मीको लागि राम्रो काम गर्ने र राम्रो कानुनी व्यवस्था मिलाउने पनि उनले विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment