Comments Add Comment

५ बुँदे घोषणा पत्र जारी गर्दै आड्जोनको सुदूरपश्चिम सम्मेलन सम्पन्न

२८ पुस, काठमाडौं । पाँच बुँदे घोषणा पत्र जारी गर्दै क्रियाशील दलित पत्रकार संघ(आड्जोन)को ‘सुदूरपश्चिम सम्मेलन’ सम्पन्न भएको छ ।

कैलालीको धनगढीमा दुई दिनसम्म चलेको सम्मेलनले प्रत्येक जिल्लामा क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, सरकारले संघ, प्रदेश र स्थानीय तहमा बनाउने सञ्चार नीतिहरु समावेशी लोकतन्त्रको मुल्य मान्यता अनुरुप बनाउनका लागि अपिल गर्ने, दलितका मुद्दाहरु बढीभन्दा बढी मिडियामा ल्याउने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग र सहकार्य गर्ने लगायतको निर्णय गरेको छ ।

सम्मेलनले टिकापुरका पत्रकार भीमबहादुर विकको अध्यक्षतामा १९ सदस्यीय आड्जोनको सुदूरपश्चिम कमिटी समेत गठन गरेको छ । संघको उपाध्यक्षमा बझाङका प्रदिप मलासी(परियार), महासचिवमा कञ्चनपुरका लालबहादुर एसके, सचिवमा कैलालीका धनबहादुर विक र बैतडीका सीपी लोहीया, सहसचिवमा कञ्चनपुरका कृष्ण नेपाली र अछामका विक्रम परियार, कोषाध्यक्षमा धनगढीकी रेशु बराइली चयन भएका छन् ।

सदस्यहरुमा खडक कोली (कञ्चनपुर), हिक्मत वादी (कैलाली), अनिता विक(कञ्चनपुर), भानबहादुर विक (डडेल्धुरा), प्रकाश पार्की (डडेल्धुरा), प्रेमराम लुहार (दार्चुला), जगत जैगडी (अछाम), हरिकृष्ण ताम्राकार (डोटी), रमित विक (बाजुरा), आरती एसके (कञ्चनपुर), राजेन्द्र रैका (कैलाली), पूर्ण विक (कैलाली) रहेका छन् ।

आड्जोनका केन्द्रीय उपाध्यक्ष टिकाराम सुनारको संयोजनमा आयोजित सम्मेलनको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment