
२८ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख रकमसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको चम्पारण रक्सौलका २१ वर्षीय जबिउल्लाह आलम रहेका छन् ।
वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकमा चेकजाँचका क्रममा बीआर०५भी३४४४ नम्बको मोटरसाइकलसहित आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनि वीरगञ्ज प्रवेश गर्दै थिए । उनको साथबाट बरामद भएको स्रोत नखुलेको रकम हुण्डीबाट कारोबार भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4