Comments Add Comment

निर्मला पन्त प्रकरण : अदालतबाट हटाइए धर्नामा बसेका अधिकारकर्मी

फाइल फोटो ।

२८ पुस, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र घाइतेको उपचार खर्च माग्दै धर्नामा बस्दा प्रहरीले धरपकड गरेको अधिकारकर्मीले आरोप लगाएका छन् ।

सोमबार जिल्ला अदालत, कञ्चनपुर परिसरमा धर्नामा बसेको अधिकारकर्मी र घाइतेको टोलीलाई प्रहरीले धरपकड गरेको भनिएको हो । घटनामा अधिकारकर्मी शारदा चन्द घाइते छिन् ।

जिल्ला अस्पतालमा उपचारपछि उनलाई धनगढीमा लगिएको थियो । चन्दले शान्तिपूर्ण धर्नामा रहेका वेला प्रहरीले दमन गरेको भनेकी छन् । तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले भने अदालतको गेटमा सर्वसाधारणलाई पनि अफ्ठ्यारो पर्ने गर्ने बसेपछि हटाइएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘धरपकड कसरी गर्नू ? अदालतका कर्मचारीले पनि उहाँहरुलाई केही भए भित्र गएर भन्न भन्नु भएको थियो । तर, ढोका नै छेकेर बस्न त मिलेन नि । त्यसैले उहाँहरुलाई त्यहाँबाट सारिएको हो ।’

यसअघि टोलीले जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा ३ घन्टा धर्ना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment