+
+
Shares

आस्कमी म्यानेजमेन्टले अनलाइन जब फेयर सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते २१:०६

२९ पुस, काठमाडौं । नेपालमै पहिलो पटक आस्कमी म्यानेजमेन्टले अनलाइन जब फेयर सञ्चालन गर्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख सहकार्यमा यही माघ १५ र १६ गते उक्त फेयर सञ्चालन गर्न लागिएको हो।

कम्पनीका व्यवस्थापकीय निर्देशक अर्चना कुवँर क्षेत्रीले यस फेएरमा कम्तिमा १ लाख जब सिकरले अनलाइन प्ल्याटफर्म भिजीट गर्ने लक्ष्य लिएको बताइन्।

साथै १०० भन्दा बढि कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने लक्ष्य लिइएको छ । यसमा ई सेवा, फोन पे जस्ता कम्पनीले सहकार्य गरेका छन् । देशभरिका मानिसहरुले एकै साथ सुहाउँदो जागिरका लागि मोबाइल वा कम्प्युटर बाटै आवेदन दिन सक्नेछन्।

कतिपय कम्पनिहरुले अनलाइन अन्तर्वार्ता लिएर कर्मचारी हाएर गर्ने योजना गरेका छन्। उपयुक्त जागिर नपाई विदेशमा रहेका नेपालीमा लागि यो सुवर्ण अबसर हुने कम्पनीका व्यवस्थापकीय निर्देशन क्षेत्री बताउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?