
१ माघ, काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको हो ।
नेपाल प्रहरीले बुधबार एक सूचना प्रकाशित गरी माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ ।
दरखास्त ७५ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4