Comments Add Comment

‘लभ डायरीज’ टिजरमा सुशिल र रुविनाको प्रेम–विछोड

चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रको टिजरमा यूवायूवतीको प्रेम, विछोड र भावनालाई देखाइएको छ । चलचित्रको टिजरमा यसका मुख्य कलाकार नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापालाई स्थान दिइएको छ ।

टिजरमा सुशिल र रुविनाको प्रेम, रोमान्स, विछोडले दर्शकको मन छुन्छ । चलचित्र प्रेम दिवसको अवसर पारेर फागुणको २ गतेबाट रिलिज हुँदैछ । विनोद सापकोटाको लगानीमा तयार भएको चलचित्रमा विश्वजित रिमाल पनि मुख्य भूमिकामा छन् ।

चलचित्रमा मधु बास्तोलाको कथा तथा पटकथा छ । साहिल खान सह–निर्देशक रहेको यो चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment