Comments Add Comment

एक सय वर्षको कछुवा, जो ५० वर्षमै बन्यो ८ सय बच्चाको बाउ

पृथ्वीमा दिनहुँ कैयन प्रजातिहरू लोप हुन्छन् र कतिपय प्रजातिहरू संकटापन्न अवस्थामा पुग्दछन् । तर कछुवाको एउटा प्रजातिचाहिँ केवल एक भालेको कारण जोगिएको छ ।

लोप हुने अवस्थामा पुगको उक्त कछुवाको प्रजातिको एउटा भालेको शुक्रकिटबाट ८ सय कछुवाका बच्चा जन्मिएसँगै कछुवाको वंश जोगिएको हो । यो कछुवाको उमेर अहिले १ सय वर्षको भइसकेको छ भने वजन ४० किलो छ ।

डिएगो नामको यो कछुवा चेलोनोएडिस हूडेनसिस प्रजातिको हो । करीब ५० वर्षअघि यो प्रजातिका केवल दुइटा भाले कछुवा र १२ वटा पोथी कछुवामात्र जीवित थिए ।

प्रशान्त महासागरस्थित गालापागोस टापुमा पाइने यो कछुवाको जनसंख्या झण्डै लोप हुने चरणमा पुगिसकेको थियो ।

यस्तोमा यो प्रजातिलाई बचाउनका लागि सन् १९६५ मा नियन्त्रित प्रजनन कार्यक्रमको माध्यमबाट ती सबै कछुवालाई अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित सान्टा क्रूज आइल्याण्ड चिडियाखानामा ल्याइयो । चिडियाखानामा डिएगो नामको भालेलाई १२ वटा पोथी कछुवासँगै राखियो ।

चिडियाखानाको क्याप्टिभ ब्रिडिङ कार्यक्रम निकै सफल देखियो । डिएगो भाले यति जब्बर भयो कि उसले पोथीहरूलाई लगातार गर्भिणी बनाएर हालसम्म ८ सय वटा बच्चाको बाउ बनिसकेको छ । कुनै समय जम्मा १४ वटाको संख्यामा रहेको उक्त कछुवाको संख्या अहिले २ हजार पुगिसकेको छ । अर्थात् अहिले पृथ्वीमा रहेका उक्त कछुवाको कूल संख्यामध्ये झण्डै ४० प्रतिशत त डिएगोकै सन्तान हुन् ।

करिब पाँच दशकसम्म सन्तान उत्पादन कार्यमा खटिएको डिएगो आगामी मार्च महिनादेखिचाहिँ सेवा निवृत्त हुने भएको छ । त्यससँगै डिएगोलाई गालापागोस टापुस्थित आफ्नो पूरानो घरमा ल्याइनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment