Comments Add Comment

अन्तरिक्ष यात्रा गर्ने कुकुरहरुको रोचक कथा

मान्छेले अन्तरिक्ष क्षेत्रमा अहिलेसम्म गरेको प्रगतिमा केवल मान्छेको मात्र योगदान छैन, कुकुरले समेत अहम योगदान गरेको छ ।

किनकी अन्तरिक्षमा मानिस जानुभन्दा अगाडि कुकुरलाई पठाएर परीक्षण गरिएको थियो । अन्तरिक्ष यात्रामा कुकुरलाई पठाएपछि मात्र मान्छे अन्तरिक्षमा जाने आँट गरेको थियो ।

आजभन्दा ६२ वर्ष पहिले सन् १९५७ को नोभेम्बर ३ मा सोभियत संघले स्पुतनिक दुई नामक अन्तरिक्षयान प्रक्षेपण गर्यो । स्पुतनिक १ को सफलता पश्चात् रुसले एउटा कुकुर रकेटमा राखेर अन्तरिक्षयान पठाएको थियो । दुनियामा पहिलोपटक अन्तरीक्षको यात्रा गर्ने उक्त कुकुरको नाम लाइका थियो । लाइका अन्तरिक्षमा पुग्ने पहिलो कुकुर मात्र बनेन अन्तरिक्षमै मर्न पाउने पहिलो कुकुर पनि बन्यो ।

उक्त कुकुरले अन्तरिक्षमा एक हप्ता आरामसँग बिताएको दाबी तत्कालीन सोभियत संघले गरेको थियो । तर सन् २००२ मा सार्वजनिक भएको तथ्य अनुसार अन्तरिक्षमा पुगेको सात घण्टाभित्रै अत्यधिक गर्मीका कारण उक्त कुकुरको मृत्यु भएको थियो ।

अन्तरिक्षमा मृत्यु भएतापनि लाइका विश्वमै हिरो बन्न सफल भयो । लाइकाले तत्कालीन अवस्थामा अन्तरिक्ष दौडमा रुसलाई अमेरिकाभन्दा अगाडि राख्न समेत सहयो गर्यो ।

त्यस समयमा अमेरिकाले चाहीँ आफ्नो अन्तरिक्ष मिसनका लागि बाँदर तथा चिम्पान्जीको प्रयोग गर्दथ्यो । जबकी रुसी वैज्ञानिकहरुको रुची कुकुरमा थियो । अन्तरिक्षमा पठाउनका लागि रुसी भुस्याहा कुकुरहरु खोजिन्थ्यो । रातको समयमा सुनसान सडकमा वैज्ञानिकहरु भुस्याहा कुकुरको खोजीमा निस्कन्थे । त्यसरी समाइएका कुकुरहरुलाई खानपीन तथा तालीम दिएर अन्तरिक्ष यात्राका लागि तयार गरिन्थ्यो । लाइका पश्चात् रुसले अन्तरिक्षमा कुकुर पठाउँदा प्रायः एक एक जोडी बनाएर पठाउन सुरु गरेको थियो ।

सन् १९६० मा रुसले पुनः दुईवटा कुकुर, एउटा खरायो र केही माहुरीहरुलाई एकसाथ राखेर अन्तरिक्षमा रकेट पठाएको थियो । ती सबै जनावरलाई स्पेस शूट लगाइएको थियो । ती जोडी कुकुरको नाम बेल्का र स्ट्रेइका थियो । अन्तरिक्षबाट पृथ्वीको १७ चक्कर लगाएपछि ती जनावर बोकेको अन्तरिक्षयान पृथ्वीमा फर्कियो । उक्त यानमा रहेका जनावरमध्ये ती जोडी कुकुर जिवितै थिए । अन्तरिक्षकोे यात्रा गरेर जिवितै पृथ्वीमा फर्किने पहिलो जनावर बन्न सफल भए बेल्का र स्ट्रेइका । स्ट्रेइकाले पृथ्वीमा फर्किएपछि जन्माएका बच्चाले विश्व राजनीतिमा अर्को कीर्तिमान कायम गरेको थियो । तत्कालीन सोभियत संघले स्ट्राइकाको बच्चा पुसिन्का अमेरिकालाई उपहार दिएको थियो । पुन्सिकालाई उपहारको रुपमा सोभियत संघले अमेरिकालाई दिएसँगै सोभियत संघ र अमेरिकाबीच तत्कालीन अवस्थामा रहेको तनाव केही कम भएको थियो । सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि ह्वाइटहाउमा रहेको उक्त कुकुर ह्वाइटहाउसमा काम गर्ने एकजना मालीलाई जिम्मा दिइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment