+
+
Shares

चितवन मेडिकल कलेजमा निःशुल्क दन्त शिविर

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १२:०१

१ माघ, चितवन । चितवनको चितवन मेडिकल कलेजले स्थापनाको १३औं वर्षको अवसरमा एक महिने निःशुल्क दन्त शिविर सुरु गरेको छ ।

माघ १ गतेबाट सुरु भएको शिविर २९ गतेसम्म चल्ने कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

‘माघ महिना मुस्कानको महिना हाँसौं खुलेर’ भन्ने नारासहित सुरु भएको शिविर अन्तर्गत बुधबार माघे संक्रान्तीका अवसरमा देवघाटमा वृहत दन्त शिविरको आयोजना गरिएको छ ।

अन्य समयमा विहान ८ बजेदेखि ४ बजेसम्म कलेजमा नै आएर सेवा लिन सकिने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी बतए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?