Comments Add Comment

युनाईटेड फाईनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा

१ माघ, काठमाडौं ।  युनाईटेड फाईनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज कार्की बैंकेट, बबरमहल, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष वसन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष चौधरीद्वारा प्रस्तुत कम्पनीको आव २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भयो ।

उक्त साधारण सभाले शेयरधनीहरूलाई ७.५२ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यसै गरी आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रालि (प्रतिनिधि रोशन अधिकारी), एमएडव्लु इन्टरप्राइजेज प्रालि (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा तथा मनिष कुमार खेमका आगामी ४ वर्षको लागि निर्विरोध चयन भएका छन् ।

गत आवमा कम्पनीले ६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रूपमा भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment