Comments Add Comment

गर्भावस्थामा किन कब्जियत हुन्छ ? यसरी छुटकारा पाउनुहोस्

गर्भावस्थामा कब्जियत हुनु साझा समस्या हो । कब्जियतकै कारण उनीहरुले निकै सास्ती भोगिरहेका हुन्छन् । दिसा गर्न मन भएपनि गाह्रो हुन्छ । यसले गर्भवतीलाई मानसिक चिन्ता समेत बढाउन सक्छ, जबकी यसबेला चिन्तामुक्त हुनुपर्ने हुन्छ । यद्यपी केहि काइदा छन्, जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

किन हुन्छ त कब्जियत ?

गर्भावस्थामा कब्जियत हुनुको केहि कारण छन् ।

१. प्रेग्नेन्सी हर्मोन प्रोजेस्टीरोनले पाचन यन्त्रबाट खाना पचाउने प्रक्रिया सुस्त गराइदिन्छ ।

२. गर्भावस्थाको सुरुमा खानपानमा परिवर्तन हुनु ।

३. गर्भावस्थाको अन्तिम चरणमा मलायशयमा गर्भको दबाव बढ्छ ।

४. गर्भावस्थामा आइरन चक्की सेवन गरिन्छ, यो पनि कब्जियतको कारण बन्छ ।

के गर्ने ?

गर्भावस्थामा कब्जियतबाट छुटकारा पाउन एउटै उपाय छ, खानपान र जीवनशैलीमा परिवर्तन ।

१. हरेक पटक फाइबरयुक्त भोजन गरौ । हरियो सागपात, राजमा, ताजा फल फाइबरको स्रोत हो । गाजर, फूलगोभीमा उच्च मात्रामा फाइबर पाइन्छ । यद्यपी फाइबरयुक्त खानेकुरा लिइसकेपछि पर्याप्त पानी सेवन गर्नुपर्छ, नभए त्यसले थप कब्जियत बढाउँछ ।

२. चाउचाउ लगायतका रिफाइन्ड भोजन, सेतो ब्रेड, पुरी, नान, केक बिस्कुट सेवन नगरौ । मैदाजन्य परिकार कब्जियतको एउटा कारण हो ।

३. पर्याप्त पानी पिउने, कम्तिमा दिनमा आठदेखि १२ गिलाससम्म । ताजा फलको रस, नरिवल पानी, कागती पानी, लस्सी जस्ता पेय लिन सकिन्छ । बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गर्दा मलत्याग गर्न सजिलो हुन्छ ।

४. कब्जियतको अर्को कारण हो, शारीरिक निश्त्रिmयता । सजिलो र हल्का व्यायाम गर्नुपर्छ, बिहान बेलुकी हिँड्नुपर्छ । यद्यपी थकित हुनेगरी व्यायाम गर्नु हुँदैन ।

के गर्भावस्थामा कब्जियत हुनु गंभिर हो ?

कतिलाई यसले निकै दुख दिन्छ । यदि कब्जियत निरन्तर रहिरह्यो भने चिकित्सकको परामर्श लिनैपर्छ । किनभने कब्जियतले कहिले कहिं निम्न समस्या निम्त्याउँछ ।

–     मलत्याग गर्न बल गर्नुपर्ने हुन्छ । यसले पाइल्सको समस्या निम्त्याउन सक्छ ।

–     एनल फिशरको समस्या आउन सक्छ । मलत्याग गर्नमा एकदमै कठिन हुनसक्छ । रगत आउन सक्छ ।

यी दुबै समस्यामा उपचार क्रिम र मलहम लगाउन सकिन्छ । चिकित्सकलाई यस्तो क्रिमको बारेमा सोधौ, जसको प्रयोग गर्भावस्थामा सुरक्षित हुन्छ । बच्चा जन्माइसकेपछि कब्जियतको समस्या आफै ठीक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment