Comments Add Comment

तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग

कहिलेकाहीँ लोग्ने स्वास्नीबीचमा सम्बन्ध विच्छेदका यस्ता घटना आउँछन् कि अदालत मात्र होइन देख्ने र सुन्ने पनि तिनछक पर्न बाध्य हुन्छन् ।

हालै अमेरिकामा एउटा यस्तै घटना सार्वजनिक भएको छ । पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दामा अदालतमा सुनुवाई चलिरहेको बेलामा एकजना पुरुषले न्यायाधीश समक्ष अनौठो माग राखेका छन् । आफूलाई जापानी तरबार दिइनुपर्ने र तरबार लडाइँमा पत्नीलाई पराजित गरेपछि मात्र डिभोर्स दिने उनले बताएका छन् ।

अमेरिकाको कन्सास सहरमा यो घटना भएको छ । डेभिड अस्ट्रम नामका एक पुरुष र उनकी पत्नी ब्रिगेट अस्ट्रम बीच शेल्बी काउन्टी अदालतमा सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाई चलिरहेको थियो । न्यायाधीश थिए जस्टिस क्रेग ड्रिसमायर । अदालतमा सुनुवाईका क्रममा उनले पत्नी ब्रिगेटले आफूलाई कानूनी रुपमा बर्बाद पारेका बताए । त्यसैले पत्नीसँग तरबार लडाइँ गरेर पत्नीलाई हराउने इच्छा आफूमा रहेको भन्दै उनले आफूलाई जापानी तरबार दिएर पत्नीसँग युद्ध गर्ने अनुमति दिन अनुरोध गरे ।

उनले सन् १८१८ मा बेलायतमा समेत एक अदालतले युद्धबाट सुनुवाई गर्ने विधिको प्रयोग गरेको नजिर समेत उनले प्रस्तुत गरे । तथापि उनको त्यो मागलाई अदालतले स्वीकार गरेन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment