Comments Add Comment

मे महिनामा बिहे गर्दै बरुण र नताशा

नायक बरुण धवन लामो समयदेखि डिजाइनर नताशा दलालको प्रेममा छन् । बरुणले, नताशासँगको प्रेम स्विकार गरेका छन् । तर, यी दुइले आफ्नो सम्बन्धलाई सधै नै एउटा स्थानमा राख्ने गरेका छन् ।
तर, विगत केही महिनादेखि नताशा र बरुण सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । उनीहरुले नयाँ बर्ष पनि एकसाथ मनाए ।

भारतीय मिडियाका अनुसार, नताशा र बरुण यो बर्षको मे महिनामा बिहे गर्दैछन् । उनीहरुको बिहेको तयारी सुरु भैसकेको छ । नताशा वरुणको परिवारसँग नजिक छिन् । उनलाई वरुणका पिता डेभिड धवनले निकै रुचाउँछन् । वरुण र नताशाको बिहे गोवामा हुने बताइएको छ ।

गोवाको सुविधासम्पन्न होटलमा यी दुइले बिहे गर्ने तयारी गरेका छन् भने आफू निकट बलिउडकर्मीलाई मे महिनाको तेश्रो साता समय निकाल्न पनि खबर गरिसकेका छन् । उनीहरु, केही बलिउडकर्मीको जस्तो देश बाहिर गएर बिहे गर्ने मुडमा छैनन् ।

बरुण अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । ‘मिस्टर लेले’को काम सकेपछि वरुण बिहेको तयारीमा लाग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment