Comments Add Comment

कुकुरले टोक्नसाथ के गर्ने ? यस्तो पाँच तरिका

सर्तकता अपनाउँदा-अपनाउँदै पनि कुकुरले टोक्न सक्छ । कुकुरले टोक्यो भने के गर्ने ? तत्काल हामी केहि सोच्न सक्दैनौ । कुकुरको टोकाइबाट रेबिजको संक्रमण हुन सक्छ । यसले ठूलो समस्या समेत निम्त्याउन सक्छ । कतिको मृत्यु समेत हुन सक्छ ।

के हो रेबिज

रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनवारमा पाइन्छ । यदि यो भाइरस भएको जनवारले कुनै व्यक्तिलाई टोक्यो भने जनवारको र्‍यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ । यो भाइरसले एकदमै तिब्र रुपमा स्नायु प्रणालीमा आक्रमण गर्छ । र, यो मृत्युको कारण समेत बन्न सक्छ ।

त्यसैले कुकुरले टोक्नसाथ तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ र एन्टि रेबिज इन्जेक्सन लगाउनुपर्छ । कुकुरले टोक्नसाथ के गर्ने त ?

१. पानीले सफा गर्ने

जुन ठाँउमा कुकुरले टोकेको छ, त्यसमा सफा पानीले धुनुपर्छ । यसले गर्दा घाउमा ब्याक्टेरिया लाग्ने खतरा कम हुन्छ ।

२. घाउलाई दबाउन हुन्न

यदि घाउबाट रगत बाहिर आउँदैछ भने त्यसलाई दबाउनु हुन्न । केहि समयसम्म रगत बग्न दिनुपर्छ ।

३. एन्टिबायोटिक क्रिम लगाउने

टोकेको ठाउँमा पानीले सफा गरेपछि एन्टिबायोटिक क्रिम लगाउनु पर्छ । यसले इन्फेक्सन पुरै शरीरमा फैलाउन पाउँदैन ।

४. ब्यान्डिज लगाउने

घाउमा ब्यान्डिज लगाउने । यसले वातावरणमा रसहेको ब्याक्टेरिया घाउसम्म पुग्न पाउँदैन ।

५. एन्टि रेबिज इन्जेक्सन लगाउने

यसको प्राथमिक उपचारपछि तुरुन्तै चिकित्सकको सल्लाह अनुसार एन्टी रेबिज इन्जेक्सन लगाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment