Comments Add Comment

तेस्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध : मन्त्री बराल

२ माघ, बुटवल । तेस्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि खेलसप्ताह उपयुक्त माध्यम हुने भन्दै त्यसैका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने बताए ।

शिक्षाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री बरालले प्रदेशका सबै स्थानीय तहहरुमा अतिरिक्त क्रियाकलापसहित प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

प्रदेशसभामा नेकपाका मुख्यसचेतक तथा नेकपाका युवा नेता भूमिश्वर ढकालले शिक्षाको विकास विना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने भन्दै खेलकुदका माध्यमबाट पनि समृद्धिको अभियान प्रभावकारी हुने बताए ।

विद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई उनिहरुको प्रतिभा उजागर गर्ने उदेश्यले पालिकास्तरीय खेल सप्तह आयोजना गरिएको कञ्चन गाउँपालिका प्रमुख गोकर्णराज क्षेत्रीले बताए ।

५८ इभेन्टमा प्रतिस्पर्धा

गाउँपालिकाको आयोजनामा तीन वर्षदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताह यस वर्ष बिहीबारदेखि सुरु भएको हो । प्रतिभा सप्ताहमा बिशेष गरी साहित्य र खेलकुद गरी दुई बिधामा ५८ इभेन्टमा सामुदायिक र संस्थागत बिद्यालयका विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराइएको प्रतिभा सप्ताह सञ्चालन समितिका संयोजक मेघनाथ शर्माले जानकारी दिए ।

प्रतिभा सप्ताहले बिधार्थीहरुमा आफ्नो प्रतिभा प्रष्फुटन गर्नमा प्रोत्साहन मिल्ने र यस प्रतिभालाई कञ्चनको विशेष पर्वको रुपमा मनाइने समेत अध्यक्ष क्षेत्रीको भनाइ छ ।

शिक्षाको राष्ट्रिय उदेश्यहरु अन्तर्गत विधार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रष्फुटन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्नको लागि प्रतिभा सप्ताह कार्यक्रम गर्न लागिएको कञ्चन गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेश भुषालले बताए ।

तेश्रो कञ्चन प्रतिभा सप्ताहका लागि प्रतियोगितामा सहभागिता जनाउन कञ्चनमा रहेका सामुदायिक र संस्थागत गरी ३० विद्यालय सहभागी भएको प्रचार संयोजक ईश्वरी ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment