Comments Add Comment

दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफाले

Photo Credit : सांकेतिक तस्वीर

२ माघ, काठमाडौं । धादिङमा दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘उनी अहिले हाम्रो नियन्त्रणमा छन् । किन हामफाले भन्ने विषय खुलिसकेको छैन ।’

विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो । विस्तृत अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment