Comments Add Comment

काठमाडौंमा राष्ट्रिय गजल महोत्सव हुने   

३ माघ, काठमाडौं । नेपाल–प्रज्ञा प्रतिष्ठान र युवा परिषद्को आयोजनामा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने भएको छ । महोत्सवमा सातै प्रदेशबाट युवा गजलकारहरूको सहभागिता रहने छ । अग्रज गजलकार अतिथिका रूपमा सहभागी हुने छन् ।

उद्घाटन सत्रमा करीब एक हजार ४ सय जना गजलप्रेमीको र गोष्ठी सत्रमा ३ सय गजलकार, गजलविज्ञ र समीक्षकहरूको सहभागिता रहने प्राज्ञ डा देवी नेपालले जानकारी दिए । महोत्सवका लागि ५५ सदस्यीय तयारी समिति गठन गरिएको छ । तयारी समितिको विस्तारित बैठकबाट कार्यक्रमको स्वरूप तयार पारिएको छ ।

कार्यक्रमको तयारीका लागि समितिका सबै सदस्य सक्रिय भइसकेको नेपालले बताए । महोत्सवमा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा आधुनिक नेपाली गजल र प्रज्ञा नेपाली बालगजल दुई कृतिको विमोचन गर्ने कार्यक्रम रहेको छ ।

सातै प्रदेशका गजलकारहरूको गजलवाचन, वरिष्ठ गायकबाट गजलगायन, गजलसम्बन्धी कार्यपत्रको प्रस्तुति गरिने छ । गजलसम्बन्धी बहस, गजलसम्बन्धी सातै प्रदेशको प्रतिवेदन प्रस्तुति, अग्रज गजलकारको गजलवाचन र महोत्सव घोषणापत्र जारी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment