+
+
Shares

सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न कांग्रेस संसदीय दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १७:०३

३ माघ, काठमाडौं । सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अकर्मण्यता भएको बताएको छ । साथै उसले माघ ६ गते बोलाइएको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले तत्काल प्रतिनिधिसभा बैठक सञ्चालन गर्न माग गरेको छ । बैठकले भनेको छ, संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।’

साथै कांग्रेसले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा समेत जोड दिएको छ ।

बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई तत्काल संसदबाट अनुमोदन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?