Comments Add Comment

महिला प्रिमियर लिग फुटसल शनिबारदेखि

काठमाडौं । वि युनाइटेडको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल यही माघ ४ गते शनिबारदेखि हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग ६ साता चल्ने र प्रत्येक शनिबार मात्र खेल हुने जनाएको छ ।

लिगमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगका खेलहरु ग्रासरुट रिक्रिएसन सेन्टर, मन्डिकाटार र बालुवाटारको एक्ससेल फुटसलमा खेलाइनेछ ।

लिगमा एबीसी फुटसल, ढुकु फुटसल, बार्सा नेपाल, एमयुएफसी फुटसल, कुमारी फुटसल, लाकुर फुटसल, फुटसल एरेना र दि माहिटी महिलासले प्रतिस्पर्धा गर्नेछन् । हरेक टिममा १०-१० जना खेलाडी रहने आयोजकले जनाएको छ ।

यस्तै रेफ्रिहरु पनि महिला नै हुने लिगका प्रोग्राम म्यानेजर सिलिसा शाक्यले बताइन् । प्रशिक्षक पनि महिला नै राख्ने योजना भए पनि धेरै महिला प्रशिक्षक नभएको शाक्यले बताइन् ।

लिगमा शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कार प्रदान गरिनेछ । लिगलाई युरोपियन युनियनले फण्डिङ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment