Comments Add Comment

आइतबारदेखि राजपाको अध्यक्ष मण्डलको संयोजक महेन्द्र राय

विद्यार्थी संगठनमा एक अध्यक्ष मात्रै रहने

३ माघ, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा)ले ५ गते आइतबारदेखि अध्यक्ष मण्डलका संयोजक परिवर्तन गर्ने भएको छ ।

शुक्रबार बसेको बैठकले ५ गतेदेखि अध्यक्ष मण्डलको संयोजकको जिम्मा महेन्द्र राय यादवलाई दिने निर्णय गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिए ।

राजपाका छ जना अध्यक्षले चक्रिय प्रणाली अनुसार पार्टी चलाइरहेका छन् । सोही अनुसार अध्यक्ष मण्डलका संयोजक फेर्ने निर्णय गरेको हो ।

विद्यार्थी संगठनमा एक अध्यक्ष मात्रै रहने

बैठकले आफ्नो विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघको महाधिवेशन गराउने निर्णय गरेको छ ।

महाधिवेशन गराएर अहिले रहेका ६ जना अध्यक्षहरुलाई संयोजन गरी एकल नेतृत्वमा लगिने तयारी राजपाको छ ।

विद्यार्थी संगठनलाई एकल नेतृत्वमा लग्नुपर्ने माग राख्दै एक साताअघि राष्ट्रिय विद्यार्थी संघका पदाधिकारीले काठमाडौंस्थित राजपाको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी अनसन बसेका थिए ।

राजपा अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले महाधिवेसन सम्पन्न गरी विद्यार्थी संघका ६ जना अध्यक्षलाई संयोजन गर्ने निर्णय गरेको छ । यसका निम्ति कृष्णकुमार सिंह (कृष्णा) लाई संयोजक तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment