+
+
Shares

जनमोर्चाले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार, गण्डकीमा बराल, प्रदेश ५ मा पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते ११:५१

४ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २ उम्मेदवार अघि सारेको छ ।

जनमोर्चाले गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नंं प्रदेशमा शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी र प्रदेश ५ बाट पार्टीले उठाएको २ उम्मेदवारले अन्य समूहबाट प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

जनमोर्चाले आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग भोटसमेत मागेको छ ।

राष्ट्रियसभाको १८ सिट रिक्त हुँदैछ । त्यसका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?