 
																			४ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको दाबी गरेका छन् ।
अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको उनले बताए ।
पार्टीको भ्रातृ संगठन युनियन महासंघ नेपालको बागमती प्रदेशस्तरीय श्रमिक भेलाको उद्घाटन गर्दै थापाले भने, ‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन । यो अपरिपक्व अभिव्यक्ति हो ।’
उनले एमसीसी र इण्डोप्यासिफिकलाई एउटै टेवलमा राखेर हेर्न नहुने धारणा राखे । ‘यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ । यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन । यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ’, पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने ।
वर्तमान सरकार जनताको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नुको साटो भ्यूटावर निर्माणतर्फ केन्द्रित भएको भन्दै उनले सरकारको आलोचना गरे । ‘शिक्षा, स्वास्थ्य र बाटोघाटोभन्दा पनि सबैतिर भ्यूटावर बनाउनेतर्फ अत्याधिक बहुमतको स्थायी सरकार केन्द्रीत भएको देख्दा अच्चम लाग्छ’ थापाले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4