+
+
Shares

अवैध संरचना भत्काएको विरोधमा प्रदर्शन भएपछि बाह्रबीसेमा निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १०:२५

५ माघ, सिन्धुपाल्चोक । नगरपालिकाले अतिक्रमित घर–टहरा भत्काएको विरोधमा प्रदर्शन भएपछि प्रशासनले सिन्धुपाल्चोकको बाह्रबीसेमा निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा बाह्रबीसे नगरपालिकाको अग्रसरतामा भत्काइएको थियो । विरोधका बीच नगरपालिकाले अनधिकृत घर–टहरा भत्काएपछि बाह्रबीसेमा प्रदर्शन भएको थियो । नगरपालिकाको कदमबाट रुष्ट प्रदर्शनकारीले शनिबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै  गमलालगायतमा तोडफोड गरेका थिए ।

स्थानीयको प्रदर्शनले हुलदंगा र अशान्ति हुने देखिएपछि त्यसो हुन नदिन आइतबार बिहान ८ बजेबाट साँझ ५ बजेसम्मका लागि बाह्रबीसे बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले अनलाइनखबरलाई जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा जारी सूचनामा बाह्रबीसे बजारबाट ३ सय मिटर पूर्व र पश्चिममा भोटेकोसी खोला (पुल राम्चे) सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रशासनले उत्तरमा इलाका प्रहरी कार्यलय बाह्रबीसे नगरपालिका ४ र बाह्रबीसे बजारबाट पिस्कर/क्षमादेवी जानेबाटोको सुनकोसीसम्म पनि आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म प्रदर्शन र भेला गर्न निषेध गरेको छ ।

अवैध संरचना हटाउने नगरपालिकाको निर्णयको विरोधमा प्रदर्शन भएपछि सहमति कायम गर्न जिल्लाका जनप्रतिनिधि, प्रशासनले प्रयास थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?