Comments Add Comment

अजयको ‘मैदान’मा प्रियमणी

नायक अजय देवगण ‘तान्हाजी’ चलचित्रको व्यापारिक सफलताले दंग छन् । उनी अभिनित यो चलचित्र रिलिजको दोश्रो शनिबारसम्म आइपुग्दा डेढ सय करोड नजिकको व्यापार गर्न सफल छ । चलचित्रले २ सय करोड माथिको व्यापार गर्ने पक्का छ ।

उनै, अजय अमित रविन्द्रनाथ शर्माको नयाँ चलचित्र ‘मैदान’मा काम गर्दैछन् । यो चलचित्र फुटबलरको कथामा निर्माण हुँदैछ । यो चलचित्रमा नायिकाको रुपमा कीर्ति सुरेशले काम गर्ने पक्का भएको थियो । उनले, चलचित्रका लागि छायांकन पनि सुरु गरिसकेकी थिइन् ।

तर, अब चलचित्रका लागि नायिका परिवर्तन भएकी छिन् । यो चलचित्रमा नेशनल अवार्ड जितिसकेकी नायिका प्रियमणीको प्रवेश भएको छ । यो चलचित्रमा उनको प्रवेश भएसँगै टिम अझै बलियो बनेको छ । चलचित्रमा मनोज बाजपेयीको पनि मुख्य भूमिका छ ।

अमितले यसअघि चलचित्र ‘बधाई हो’ निर्देशन गरेका थिए । यो चलचित्रलाई बोनी कपुर, आकाश चावला, अरुणव सेनगुप्ताले निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment