
अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छिन्, गायिका आस्था राउत । प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेपछि उनी विवादित बनेकी हुन् ।
आस्थाको विषयलाई लिएर साधारणदेखि सेलिब्रेटीले टिप्पणी गरिरहेका छन् । कसैले आस्थाको पक्षमा बोलेका छन् भने कसैले आस्था गलत भएको लेखेका छन् ।
यस्तैमा नायिका करिश्मा मानन्धरले पनि एक स्टाटस लेखेकी छिन् । उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको बताएकी छिन् ।
यो अनुभव आफूले भोगेर वाक्क भइसकेको पनि उनले लेखेकी छिन् ।
उनको स्टाटस यस्तो छः
असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन । पुलिस पनि नेपाली नै हुन् । दिनभरी दिक्क लाग्ने कामले वाक्क छन होला । तर, भाषाको प्रयोग गर्दा ध्यान पुर्याउनु होला । बिचरा गायिकाजीको नयाँ अनुभव भएछ । यो त हामीले सहेर उनीहरुलाई नै वाक्क पारेको चिज हो ।
भाषाको साथसाथै सुधार्नु पर्ने केही उदाहरण, ट्राफिक इन्टरसेक्सनमा कसको अधिकार पहिलो हुन्छ ? मुख्य सडकको पहिलो अधिकार हुन्छ । अनि हाम्रो जस्तो गल्ली गल्ली भएको ठाउँमा पहिलो प्राथमिकता मुल बाटोको सवारी साधनको हुन्छ । त्यो थाहा छैन । गल्लीको टुप्पोमा लेखेर राख्नुस् –‘पूरै रोक्नुस्, हेर्नुस्, अनी जानुसु’ । अर्को नियम कमसेकम १०० मिटर थाहा हुनुपर्छ, इन्डिकेसन कता जानी भनेर त्यो खोइ ? त्यती सामान्य नियम थाहा छैन तपाईहरुलाई ?
अनि होला आवेगमा आस्थाले केही त्रुटी बोल्ने समयमा गरिन होला । तर के नेपाल पुलिसबाट ‘तँ’ नखाने कोही छौं ? त्यो पनि बिना कारण । हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छोडिदिन्छौ । तर अब केटाकेटीले रियाक्ट गरिन् । त्यही हो ।’
प्रतिक्रिया 4