+

एसिया कप कराँतेमा रौतहटलाई स्वर्णसहित ४ पदक

२०७६ माघ  ५ गते १७:४३ २०७६ माघ ५ गते १७:४३
एसिया कप कराँतेमा रौतहटलाई स्वर्णसहित ४ पदक

काठमाडााैं । मुम्बईमा जारी एसिया कप कराँते च्याम्पियनसिपमा रौतहटका खेलाडीले चार पदक हात पारेका छन् । प्रतियोगितामा सहभागी दुई खेलाडीले एक स्वर्ण, दुई रजत र एक कांस्यसहित चार पदक हात पारेका हुन् ।

महिलातर्फ ४५ किलो तौल समूहमा बिबिका श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन् । कातामा भने श्रीलंकाका खेलाडीसँग पराजित हुँदै उनले रजत पनि हात पारेकी छन् ।

यस्तै पुरुष ५० किलो तौल समूहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडीसँगै पराजित हुँदै रजत पदक हात पारे । कातामा भने उनले कांस्यमै चित्त बुझाएको नेपालबाट सो प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

कराँते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय