Comments Add Comment

अग्रता जोगाउन नसक्दा लेस्टर पराजित

लेस्टर सिटीले अगरता जोगाउन नसक्दा प्रिमियर लिगमा बर्नलीविरुद्ध २-१ को हार बेहोरेको छ । पहिलो हाफमा लेस्टरले गोल गर्दै अग्रता लिएपनि दोस्रो हाफमा बर्नलीले पुनरागमन गर्दै दुई गोल फर्कायो ।

लेस्टरका जेमी भार्डी पेनाल्टीमा गोल गर्न चुक्दा लेस्टरले अंक गुमाएको हो । हारपछि लेस्टरले साविक विजेता म्यानचेष्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

बर्नलीको घरेलु मैदानमा हार्भे बार्नसले ३३औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको लेस्टरले दोस्रो हाफमा दुई गोल खायो । बर्नलीका लागि ५६औ मिनेटमा क्रिस उडले बराबरी गोल फर्काए ।

६८औं मिनेटमा लेस्टरले अग्रता लिने मौका गुमायो । लेस्टरका जेमी भार्डीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बर्नलीका गोलकिपर निक पोपले बचाए ।

एस्ले वेस्टउडले ७९औं मिनेटमा गोल गर्दै बर्नीलाई २-१ को अग्रता दिलाए र त्यही गोल नै बर्नलीलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

लेस्टरको हारले शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ ।

२३ खेलबाट सिटीको ४८ अंक छ भने समान खेलबाट लेस्टर ४५ अंकसहित तेस्रो स्थानमा छ । लेस्टर चौथो स्थानको चेल्सी भन्दा अझै ६ अंकले अघि छ ।

दुई खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment